चुनाव घोषणासँगै लोसपाले बोलायो बैठक
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । लोसपाले वर्तमान सरकारमा सहभागी हुने र पाँच दलीय गठबन्धनसँग चुनावी तालमेल गर्ने मनस्थिति बनाएको छ । तर मंसिर ४ का लागि चुनावको मिति घोषणा भएकाले सरकारमा सहभागिताको ‘च्याप्टर क्लोज’ भएको छ ।
एक नेताका अनुसार सोमबारका लागि कार्यकारिणी समितिको बैठक बोलाइएको छ । बैठकमा चुनावी गठबन्धन, संगठन विस्तार लगायतका विषयमा छलफल हुनेछ । त्यसअघि आइतबार संसदीय दलको बैठक बस्नेछ । अगामी निर्वाचनमा चुनावी तालमेल गरेर नै जाने लोसपाले निर्णय गरिसकेको छ । तर कुन दलसँग तालमेल गर्ने अझै निर्णय गरिसकेको छैन । यसअघि एमालेसँग लोसपाको निकटता थियो । एमाले र लोसपाबीच तालमेल होला कि भनि चर्चा थियो । तर उपसभामुखमा लोसपाले काँग्रेसलाई सघाउनु, काँग्रेस सरकारले नागरिकता विधेयक पारित गर्नुले यी दुई दलबीच निकटता बढेको हो ।
लोसपाका एक नेताले भने, अहिलेसम्म त पाँच दलीय गठबन्धनसँग मिलेर नै चुनावमा जाने कुराकानी भइरहेको छ, प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सत्ता गठबन्धनमै आउनका लागि भनिरहनु भएको छ तर हामीले कुनै डिसिजन दिन सकेका छैनौँ, अब बस्ने बैठकले यसको बारेमा निर्णय गर्छ होला ।’
त्यस्तै, लोसपा गठन भएको एक वर्ष भयो । तर अहिलेसम्म केन्द्रीय समितिलगायत अन्य कुनै पनि संगठन वा समिति गठन गरेको छैन । लोसपा कार्यकारिणी समितिबाट मात्र चलिरहेको छ । चुनावअघि नै केन्द्रीय समितिलगायत अन्य समितिहरु गठन गर्ने लोसपाको तयारी रहेको छ । त्यसको विषयमा पनि बैठकले छलफल गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण