शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एमालेले चुनाव नजिते देश बर्बाद हुन्छ : ओली

शुक्रबार, २० साउन २०७९, १७ : ४६
शुक्रबार, २० साउन २०७९

काठमाडौं एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले काँग्रेस र माओवादीले दुनियाँ ढाँटेर हिँडिरहेको टिप्पणी गरेका छन् । शुक्रबार सम्पर्क कमिटीको भेलामा बोल्दै अध्यक्ष ओलीले काँग्रेस र माओवादीको सरकाले चितवन एक घण्टामा पुग्ने व्यवस्था गरेको भनेर दुनियाँ ढाँटिरहेको आरोप लगाएका हुन् । 

‘अहिले काँग्रेस माओवादीले उधुमसँग दुनियाँ ढाँटेर हिँडिरहेका छन् । हाम्रो सरकारले एक घण्टामा चितवन पुर्याउने भयो भनेर’, अध्यक्ष ओलीले भने, ‘के गरेर पुर्याउँछन् ? पिठ्युँमा बोकेर पुर्याउँछन् ? केबलकार हाल्ने योजना त देखिदैन । टनेल बनाउने योजना पनि देखिँदैन ।’

उनले टनेल बनाएपनि एक घण्टामा चितवन पुग्न गाहे हुने भन्दै हेलिकोप्टर र प्लेनबाट त २०,२५ मिनेटमै पुगिरहेको बताए । उनले जनता अल्मल्याउने र ढाँट्ने गरी बजेट ल्याएको भन्दै आउँदो निर्वाचन एमालेले नजित्ने हो भने देश बर्बाद हुने दावी गरे । गन्तव्य र उद्देश्य नभएको सरकार देश लुट्नलाई मात्र बनेको ओलीको टिप्पणी छ । उनले नो भोटबारे चलाइएको अभियान एमालेका युवाहरुलाई अल्मल्याउन गरिएको प्रचार भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप