शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभाबाट राजीनामा दिएर चुनाव लड्ने तयारीमा नारायणकाजी

शुक्रबार, २० साउन २०७९, १७ : ४२
शुक्रबार, २० साउन २०७९

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएर प्रतिनिधिसभा चुनावमा उठ्ने तयारी गरेका छन् । श्रेष्ठले गोरखा क्षेत्र नम्बर २ बाट गठबन्धनको तर्फबाट चुनाव लड्ने तयारी गरेका हुन् ।

पार्टीले टिकट दिएमा श्रेष्ठले राष्ट्रियसभाबाट राजीनामा दिएर चुनाव लड्ने उनको सचिवालयका एक सदस्यले बताए । ‘उहाँ स्थानीय चुनावमा निकै खट्नु भयो । गोरखाका कुल ११ स्थानीय तहमध्ये  ९ पालिका जिताउन लागि पर्नुभयो’ ती  सदस्यले भने, ‘जिल्लाका नेता कार्यकर्तालाई भेटिराख्नुभएको छ ।  सबै परिस्थितिले उहाँले चुनाव लड्ने तयारी गर्नुभएको छ ।’ 

गोरखाका दुईमध्ये श्रेष्ठले क्षेत्र नम्बर २ बाट चुनाव लड्ने रुचि राखेका छन् । जहाँ उनले गतिविधि बढाउँदै लगेका छन् । 

तर दुई क्षेत्रमध्ये एक एक नम्बर माओवादी प्रभाव क्षेत्र मानिन्छ । यो अवस्थामा क्षेत्र नम्बर २ काँग्रेसले दाबी गर्ने देखिएको छ । त्यसो हुँदा गठबन्धनबाट श्रेष्ठलाई सजिलै टिकट पाउन भने सकस छ । त्यसैले माओवादी कतिपय नेताहरुले क्षेत्र नम्बर १ मै आउन पनि उनलाई सुझाव दिने गरेका छन् । 

२०७४ सालको प्रतिनिधिसभा चुनावमा श्रेष्ठ गोरखा क्षेत्र नम्बर २ बाट तत्कालीन नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराईसँग ६ हजार ८ सय ७४ मतान्तरले पराजित भएका थिए । श्रेष्ठले एमाले-माओवादी गठबन्धनबाट उम्मेदवार हुँदा २४ हजार ९३३ मत ल्याएका थिए भने भट्टराईले ३१ हजार ८०७ मत ल्याएका थिए ।  २०७० सालको चुनावमा भने श्रेष्ठ मकवानपुरबाट पराजित भएका थिए । पहिलो संविधान सभा निर्वाचनमा भने उनी समानुपातिक सांसद भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप