राष्ट्रियसभाबाट राजीनामा दिएर चुनाव लड्ने तयारीमा नारायणकाजी
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएर प्रतिनिधिसभा चुनावमा उठ्ने तयारी गरेका छन् । श्रेष्ठले गोरखा क्षेत्र नम्बर २ बाट गठबन्धनको तर्फबाट चुनाव लड्ने तयारी गरेका हुन् ।
पार्टीले टिकट दिएमा श्रेष्ठले राष्ट्रियसभाबाट राजीनामा दिएर चुनाव लड्ने उनको सचिवालयका एक सदस्यले बताए । ‘उहाँ स्थानीय चुनावमा निकै खट्नु भयो । गोरखाका कुल ११ स्थानीय तहमध्ये ९ पालिका जिताउन लागि पर्नुभयो’ ती सदस्यले भने, ‘जिल्लाका नेता कार्यकर्तालाई भेटिराख्नुभएको छ । सबै परिस्थितिले उहाँले चुनाव लड्ने तयारी गर्नुभएको छ ।’
गोरखाका दुईमध्ये श्रेष्ठले क्षेत्र नम्बर २ बाट चुनाव लड्ने रुचि राखेका छन् । जहाँ उनले गतिविधि बढाउँदै लगेका छन् ।
तर दुई क्षेत्रमध्ये एक एक नम्बर माओवादी प्रभाव क्षेत्र मानिन्छ । यो अवस्थामा क्षेत्र नम्बर २ काँग्रेसले दाबी गर्ने देखिएको छ । त्यसो हुँदा गठबन्धनबाट श्रेष्ठलाई सजिलै टिकट पाउन भने सकस छ । त्यसैले माओवादी कतिपय नेताहरुले क्षेत्र नम्बर १ मै आउन पनि उनलाई सुझाव दिने गरेका छन् ।
२०७४ सालको प्रतिनिधिसभा चुनावमा श्रेष्ठ गोरखा क्षेत्र नम्बर २ बाट तत्कालीन नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराईसँग ६ हजार ८ सय ७४ मतान्तरले पराजित भएका थिए । श्रेष्ठले एमाले-माओवादी गठबन्धनबाट उम्मेदवार हुँदा २४ हजार ९३३ मत ल्याएका थिए भने भट्टराईले ३१ हजार ८०७ मत ल्याएका थिए । २०७० सालको चुनावमा भने श्रेष्ठ मकवानपुरबाट पराजित भएका थिए । पहिलो संविधान सभा निर्वाचनमा भने उनी समानुपातिक सांसद भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘निजी क्षेत्र नभएको भए देशले अझै २१ घण्टा लोडसेडिङ भोग्नुपर्थ्यो’
-
निर्वाचन आयोगमा ५ जना आयुक्त घटाएर ३ जना राख्न सुझाव
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
-
वातावरण जोगाउनेलाई विराटनगरको सम्मान
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण