बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

मेलिना राईले तोडिन् इन्गेजमेन्ट

शुक्रबार, २० साउन २०७९, २२ : ३६
शुक्रबार, २० साउन २०७९

चर्चित गायिका मेलिना राईले इन्जेगमेन्ट तोडेकी छन् । सामाजिक सञ्जालमार्फत उनले एरेञ्जर तथा गिटारिस्ट सञ्जीव बराइलीसँग इन्गेजमेन्ट तोडेको घोषणा गरेकी हुन् । आफूहरुबीच वैचारिक मतभेद देखिन थालेपछि इन्गेजमेन्ट तोडेको उनको भनाइ छ । ‘केही समय अगाडि मैले आफ्नो इन्जेगमेन्ट गरेको कुरा यसै सामाजिक संजाल मार्फत घोषणा गरेको थिएँ । त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो’, राईले भनेकी छन्, ‘एउटा  परिस्थितिमा हामी दुईबीच भविष्यमा सँगै जीवन बिताउने सोच सहित त्यो निर्णय गरिएको थियो । समय छोटै भएपनि  जिन्दगीको बारेमा लामो विमर्श भयो । हामीबीच बैचारिक पक्षमा स्पष्ट मतभेत देखिन थाल्यो अर्थात हाम्रो विचारमा मेल खान सकेन ।’  धेरै आत्मसमीक्षा पछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षका साथ यो निर्णय लिएको राईको भनाइ छ । 

उनले  सबै इन्गेजमेन्टहरु बिबाहमा परिणत हुनै पर्छ भन्ने बाध्यकारी कुरा पनि नहुने बताएकी छन् । ‘त्यसैले आजकै मितिबाट हामीबीचको इन्गेजमेन्ट तोडिएको कुरा म  फेरि यही सामाजिक संजालमार्फत सार्वजानिक गर्दछु’, उनले भनेकी छन् ।   यो बीचमा सम्पूर्ण शुभचिन्तकहरुमा पर्न गएको भावनात्मक असरप्रति उनले माफी पनि मागेकी छन् । उनले भविष्यमा अझ मेहनत गरेर सांगीतिक क्षेत्रबाटै देशको सेवा गरिरहने प्रतिबद्धता पनि व्यक्त गरेकी छन् । 

सामाजिक सञ्जालमा उनको स्टयाटस जस्ताको तस्तै-

विषय - Engagement तोडिएको जानकारी ! 
केही समय अगाडी मैले आफ्नो Engagement गरेको कुरा यसै सामाजिक संजाल मार्फत घोषणा गरेको थिएँ । त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो । एउटा  परिस्थितिमा हामी दुईबीच भविष्यमा संगै जीवन बिताउने सोच सहित त्यो निर्णय गरिएको थियो । समय छोटै भएपनि  जिन्दगीको बारेमा लामो विमर्श भयो । हामी बिच वैचारिक पक्षमा स्पष्ट मतभेद देखिन थाल्यो अर्थात हाम्रो बिचारमा मेल खान सकेन । धेरै समिक्षा आत्मा समिक्षा पछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो । 
      फेरि सबै engagement हरु बिबाहमा परिणत हुनै पर्छ भन्ने बाध्यकारी कुरा पनि नहुने रहेछ । त्यसैले आजकै मितिबाट हामी बिचको engagement  तोडिएको कुरा म  फेरि यहि सामाजिक संजालमार्फत सार्वजनिक गर्दछु । यो बीचमा सम्पूर्ण शुभचिन्तकहरुमा पर्न गएको भावनात्मक असरप्रति क्षमाप्राथी छु, साथै भविष्यमा अझ मेहनत गरेर सांगीतिक क्षेत्रबाटै देशको सेवा गरिरहने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।

 


 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप