राजनीतिक यात्रा सजिलो छैन : माधव नेपाल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक यात्रा सजिलो नभएको बताएका छन् । शुक्रवार ललितपुरमा स्नेहलता जीवन कथाका पानाहरू जीवन संस्करण पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पुराना महिला योद्धाहरुलाई राजनीति गर्न धेरै गाह्रो भएको स्मरण गर्दै अहिले पनि राजनीति गर्ने काम सजिलो नभएको बताए ।
अध्यक्ष नेपालले अझै पनि राजनीति सजिलो रुपमा गर्न सम्भव नभएको बताए । उनले राजनीतिमा धेरै चुनौतीको सामना गर्नुपर्ने बताए । अध्यक्ष नेपालले जनताको सेवा गर्ने, समाज परिर्वतन गर्ने र देशको गरिमालाई माथि उठाउने पुराना योद्धाहरुको आचरण अनुरुपमा राजनीतिक उदेश्य राख्नुपर्ने बताए ।
उनले भने, ‘पुराना महिला योद्धाहरुलाई राजनीति गर्न धेरै गाह्रो थियो । राजनीति गर्ने कुरा सजिलो हुँदैन । अहिलेसम्म पनि देखिन्छ । राजनीति सजिलो यात्रा होइन । सजिलो गरी सम्भव छैन । राजनीतिमा धेरै चिजहरूको चुनौती सामान गर्नुपर्छ । तर सबैभन्दा ठूलो कुरा के हो भने राजनीतिको उद्देश्य जनताको सेवा गर्ने हो, समाज परिवर्तन गर्ने र देशको गरिमालाई माथि उठाउने हो भने त्यही अनुसारको आचरण हुनुपर्छ ।’
उनले अहिले कम्युनिष्ट पार्टीका संस्थापक नेताहरुलाई सम्झिरहेको बताए । नेपालले भने, ‘कम्युनिष्ट पार्टीका संस्थापक नेताहरुलाई सम्झिरहेको छु । पुराना योद्धाहरूबाट हामीले प्रेरणा लिन,सम्मान गर्न र उहाँहरुको योगदानको प्रशंशा गर्नसक्यौँ भने इतिहासको कदर गरेको ठहरिन्छ । हामीले इतिहासको कदर गर्नसक्यौ भने भविष्यले वर्तमानको कदर गर्नेछ ।’
अध्यक्ष नेपालले पुराना योद्धाहरूबाट प्रेरणा लिन, सम्मान गर्न र उनीहरुको योगदानको प्रशंसा गर्न सकेमात्र इतिहासको कदर गरेको ठहरिने बताए । उनले अहिलेको राजनीतिक नेतृत्वले इतिहासको कदर गर्नसक्यो भने मात्रै भविष्यले वर्तमानको कदर गर्ने उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१६ जिल्लामा प्रमुख जिल्ला अधिकारी परिवर्तन (सूचीसहित)
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण