शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चीनले अमेरिकी सभामुख पेलोसीमाथि प्रतिबन्ध लगायो

शुक्रबार, २० साउन २०७९, १६ : ५२
शुक्रबार, २० साउन २०७९

चीनले अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसी र उनको निकटतम परिवारका सदस्यविरुद्ध प्रतिबन्ध लगाएको छ । चिनियाँ विदेश मन्त्रालयले शुक्रबार सो निर्णय गरेको हो । विदेश मन्त्रालयले  प्रतिबन्ध घोषणा गर्दै अमेरिकी तीन शीर्ष अधिकारीहरू मध्येकी पेलोसीले देशको चासोलाई बेवास्ता गर्दै ताइवान भ्रमण गर्न जोड दिएको आरोप लगाएको छ ।

यो भ्रमणले चीनको आन्तरिक मामिलामा गम्भीर हस्तक्षेप गर्ने, चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई कमजोर पार्ने, एक चीन सिद्धान्तलाई कुल्चिने र ताइवान क्षेत्रमा शान्ति र स्थिरतालाई खतरामा पार्ने पनि मन्त्रालयले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप