बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘नेपाल समाजवादी केन्द्र’ को घोषणा

शुक्रबार, २० साउन २०७९, १६ : ३०
शुक्रबार, २० साउन २०७९

वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबाट छुट्टिएको समुहले विभिन्न पार्टीबीच चुनावी तथा राजनीतिक गठबन्धन बनाउने घोषणा गरेको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर विभिन्न पाँच पार्टीबीच चुनावी एकता गरेर निर्वाचन लक्षित राजनीतिक मोर्चा ‘नेपाल समाजवादी केन्द्र’ नामाकरण गरिएको जानकारी दिइएको हो । 

अभियान केन्द्रीय कार्यालयको गत साउन १७ गते बसेको बैठकले नेकपा एकता राष्ट्रिय अभियानको नाम परिवर्तन गरी ‘नेपाल समाजवादी केन्द्र’ राख्ने र केन्द्रलाई राजनीतिक मोर्चा र चुनावी गठबन्धनको रुपमा प्रयोग गर्ने निर्णय गरेको हो । आज घोषण गरिएको उक्त नेपाल समाजवादी केन्द्रमा नेकपा (समाजवादी), नेकपा (राष्ट्रवादी), आम नेपाली पार्टी, आधुनिक नेपाल समाजवादी पार्टी र समाजवादी केन्द्र नेपाल आवद्ध छन् । 

कार्यक्रममा नेपाल समाजवादी केन्द्रका अध्यक्ष मण्डलका सदस्य युवराज सफलले वामदेव गौतमलाई एक महत्वपुर्ण कालखण्डमा साथ दिएको स्मरण गराए । नेपालका सबै कम्युनिष्ट पार्टीबीच एकता गरी बृहत कम्युनिष्ट पार्टीको निर्माण गर्ने र मोर्चामार्फत देशलाई समृद्धिको बाटोमा अघि बढाउने वामदेवको योजना पत्याएर आफूहरुले साथ दिएको उनको भनाइ थियो ।

उनले ७७ जनाको केन्द्रीय समितिमा २५ जना वामदेवसँग पछि लागेर गएको भन्दै बाँकी भएका सबै सदस्यहरु आफूहरुसँग रहेको पनि दाबी गरे । सफलले सारा कम्युनिष्टहरूलाई एकता गर्नको लागि आफुले अभियान चलाउने पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप