मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

चुनाव घोषणा भएको दिन मन्त्रिपरिषद् बैठकबाट अरु के–के भए निर्णय ?

शुक्रबार, २० साउन २०७९, २२ : २०
शुक्रबार, २० साउन २०७९

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गते एकै चरणमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्ने निर्णय गर्यो । सोही बैठकले अन्य विभिन्न निर्णय पनि गरेको छ । 

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो बैठकले शहरी विद्युत प्रशारण तथा वितरण प्रणाली सुदृढ परियोजना कार्यान्वयनका लागि जापान सरकारबाट जापानी एन १५ अर्ब ९० करोड १० लाख करिव १४ अर्ब ६९ करोड सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्न वार्ता टोली गठन निर्णय गरेको बताए । यस्तै साउन १ गतेदेखि लागू हुने गरेर निक्षेप सुरक्षणको सीमा ३ लाखबाट वृद्धि गरी ५ लाख रुपैयाँ पु¥याउने, मध्य भोटेकोशी प्रशारण लाइन आयोजना प्रभावित क्षेत्रको क्षतिपूर्ति निर्धारण गर्न समिति गठन गर्ने, मध्य भोटेकोशी प्रशारण लाइन आयोजना प्रभावित क्षेत्रको क्षतिपूर्ति निर्धारण गर्न समिति गठन गर्ने निर्णय पनि भएको बताए ।

उनका अनुसार सरकारले नेपाल कृषि अनुसन्धान परिषद्को सदस्यहरूमा मनोनयन गर्ने, संयुक्त राष्ट्रसंघको प्रधानकार्यालयमा मिति २०७९ भदौ १६ मा सञ्चालन हुने तेस्रो युनिस्कोपमा प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई भाग लिन स्वीकृत दिने, लुम्बिनी सांस्कृतिक नगरपालिकालाई अस्पताल र लुम्बिनी सांस्कृति भवन निर्माण गर्ने प्रयोजनार्थ लिजमा उपयोग गर्न दिन स्वीकृत दिने, कार्तिक ३ देखि ४ गतेसम्म विश्व कृषि स्थानमा हुने स्टेयरीङ कमिटी मिटिङ अफ दी ग्लोवल स्नोल लियोपड एण्ड इकोनोमी सिस्टम प्रोटेक्शन प्रोग्राम सम्बन्धी कार्यक्रममा वन तथा वातावरणमन्त्री प्रदीप यादव र सचिव प्रेमनारायण कँडेललाई सहभागी हुन स्वीकृति दिने निर्णय पनि भएको छ । 

प्रवक्ता कार्कीले २०७९ असोज २७–२८ गतेसम्म इटालीको रोममा आयोजना हुने स्किल राइट्स केयर टाइम टू एक्ट लेसन्स लर्न फ्रम द इमर्जेन्सी सम्बन्धी फोर्थ ग्लोवल मेन्टल हेल्थ समिटमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङलाई सहभागी हुन स्वीकृत प्रदान गर्ने, नेपाल प्रशासन सेवाको राजपत्रांकित प्रथम श्रेणीको सहसचिव दीपक काफ्लेलाई राजपत्रांकित विशिष्ट श्रेणीको पदमा बढुवा गरी लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने, नेपाल लेखा परीक्षण सेवाको राजपत्रांकित प्रथम श्रेणीका सहसचिव विन्दु विष्टलाई राजपत्रांकित विशिष्ट श्रेणीको पदमा बढुवा गरी महालेखा परीक्षकको कार्यालयको उपमहालेखा परीक्षकमा पदस्थापना गर्ने निर्णय गरेको शुक्रबार बैठकका निर्णय सार्वजनिक गर्दै जानकारी दिए । उनले निजामती सेवाका राजपत्रांकित विशिष्ट श्रेणीका यादवप्रसाद कोइरालासमेत ६ जना अधिकृतहरु सरुवा गर्ने निर्णय भएको पनि बताए ।     

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप