आफूलाई पाल्न सक्दिनँ भनेर पसलमा चोरे, पक्राउ गर्न प्रहरीलाई दिए दबाब
थाइल्याण्डमा ६० वर्षका एक व्यक्तिले आफूलाई पक्राउ गरियोस् भनेर फार्मेसीबाट सामान चोरेका छन् । आफूलाई पाल्न नसक्ने बताउँदै उनले उक्त चोरी गरेका थिए ।
घटना सन् २०२२ को जुलाई २९ तारिखमा दक्षिण बैंककको चोनबुरी प्रान्तको हो । ६० वर्षका एक व्यक्तिलाई फार्मेसीबाट तीनवटा साबुन चोरिरहेको अवस्थामा कर्मचारीले भेटे । ती साबुन ०.४७ डलर पर्छन् । उक्त फार्मेसीमा सामान चोरी नगर्न कडा सूचना जारी गरिएको छ । चोरी गरेको अवस्थामा कसैलाई भेटे सामानको ३० गुणा बढी जरिवाना तिनुपर्ने वा जेलसमेत जानुपर्ने सूचना लेखिएको पनि छ । यद्यपि, त्यहाँका कर्मचारीले ती बुढा मान्छेलाई केही नगर्ने निधो गरे, त्यहाँ नजिकै उभिएर घटनालाई नियालिरहेका एक व्यक्तिले जरिवाना तिरिदिने प्रस्तावसमेत पेश गरे । तर ती बुढा व्यक्ति मानेनन् । प्रहरी बोलाइदिन आग्रह गरिरहे ।
फिचिट नाम भएका ती व्यक्तिले आफूलाई प्रहरीले पक्राउ गरोस् भन्ने मनसाय कर्मचारीलाई व्यक्त गरे । त्यसैले कर्मचारीले उनले भने झैँ गरे । सोधपुछको क्रममा ती व्यक्तिले आफू जेलमा जान चाहेको बताए । उनले जेलमा तीन छाक निःशुल्क खाना पाइने र अन्य व्यक्तिसँग कुराकानी पनि गर्न पाइने बताए । बाटोमा काम नगरी बस्नु र भोकै मर्नुभन्दा त जेल नै सुखजस्तो लागेर आफूले चोरी गरेको उनले बताए ।
प्रहरीले यो घटनालाई कसरी मिलायो भन्ने चाहिँ स्पष्ट जानकारी दिइको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३३ जनाले लिए काठमाडौँ महानगरभित्रका अस्पतालबाट निःशुल्क उपचार सेवा
-
‘पुजार सार्की’को गीत ‘दर्शन गरेँ‘मा आर्यन, प्रदीप र पलको कौडा नृत्य
-
राजेन्द्र लिङ्देनलाई बालेनले तोके जरिवाना
-
म्यान्माको कारागारमा झडप हुँदा ४ जनाको मृत्यु, ८ घाइते
-
दीपेश पुन र नवीन अछामी कारागार चलान
-
दीपेश पुन छुटाउन ऋण खोज्दै साथी, भन्छन्– ४ लाख धरौटी जुटाउन सकेनौँ, कसैले ऋण पत्याए हुन्थ्यो