साताको अन्तिम दिन नेप्सेमा ३४ अंकको गिरावट
शुक्रबार, २० साउन २०७९, १५ : ५३
साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार परिसूचक नेप्सेमा ३४ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से ३४.६१ अंकले घट्दै २१ सय १३.५५ अंकमा झरेको हो ।
यस्तै आज सेन्सेटिभ इन्डेक्स समेत ५.८० अंकले घट्दै ४०६.४५ अंकमा झरेको छ ।
शुक्रबार २ घण्टाका लागि खुलेको बजारमा २ अर्ब ६२ करोड ६१ लाख रुपैयाँ बराबरको मात्र कारोबार भएको छ । आज १३ वटा उपसूचक मध्ये म्युचुअल फन्ड (०.८९ प्रतिशतले) बाहेक अन्य सबै उपसूचक ऋणात्मक भएका छन् ।
सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक ३.४ प्रतिशतले घटेको छ भने आज सबैभन्दा कम होटल तथा पर्यटन समूहको उपसूचक ०.९१ प्रतिशतले मात्र घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातो अङ्गुरले पुरुषको यौन क्षमता बढाउँछ : अध्ययन
-
विपिन जोशीको रिहाइबारे आरजु : थप आशावादी भएका छौँ
-
इन्डिगोको विमानमा बम राखेको धम्की आएपछि...
-
लस एञ्जलसको डढेलोका कारण पछि सर्यो ओस्करको मनोनयन
-
आर्थिक क्षेत्रका कानुन सुधारको प्रयास सकारात्मक : चेम्बर अफ कमर्स
-
सहसचिव पदको लिखित परीक्षाको नतिजा सार्वजनिक