बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री कार्यालय पुगेका सुकुम्बासीलाई प्रहरीले रोकेपछि...

शुक्रबार, २० साउन २०७९, १५ : ४९
शुक्रबार, २० साउन २०७९

१७ दिनदेखि रिले अनसनमा बसेका चुरे संरक्षण तथा भूमिहीन सुकुम्बासीहरुले मधेस प्रदेश सरकारको विरोधमा प्रदर्शन गरेका छन् । जनकपुरधामको जनकचोकमा रिले अनसन गर्दै आएका सुकुम्बासी आन्दोलनकारीहरुले मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

मुख्यमन्त्री र मन्त्रीहरुलाई साडी, चुरा र लहठी दिने भन्दै उनीहरु मुख्यमन्त्री कार्यालयसम्म पुगेका थिए । तर सुरक्षाकर्मीले रोकेपछि उनीहरुले सडकमै सारी, चुरा, लहठी र पेटिकोटलगायतका सामग्रीहरु फ्यालेर सांकेतिक विरोध प्रदर्शन गरेका छन् । सिरहाको मिर्चैयामा रहेको मारुती सिमेन्टले लिएको वनक्षेत्रको जग्गा फिर्ता हुनुपर्नेलगायत विभिन्न ५ बुँदे माग राख्दै चुरे तथा वनजंगल संरक्षण अभियानले आन्दोलन गर्दै आएको छ । 

मधेश प्रदेश सरकारसँग भएको ७ बुँदे सम्झौता कार्यान्वयन गर्न ढिलाई गरिएको पनि उनीहरुको भनाइ छ ।  अनसनकारीका तर्फबाट राखिएको ५ बुँदे मागका सम्बन्धमा छानबिन गर्न प्रदेश सरकारले सहमति भएको मितिबाट ७ दिनभित्र प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको उपसचिवको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो । तर, निर्णय कार्यान्वयन गर्न प्रदेश सरकारले ढिलाई गरेकोले आफूहरू फेरि अनसनमा बसेको चुरे तथा वनजंगल संरक्षण अभियान धनुषाका संयोजक अमन यादवले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप