
वडाध्यक्षले सेवाग्राही र कर्मचारीलाई थुनेको आरोप

जीतपुर सिमरा उपमहानगरपालिकाका एमाले वडाध्यक्षले सेवाग्राही र कर्मचारीलाई कार्यालयमा थुनेर मुल गेटमा ताला लगाइदिएको आरोप लागेको छ । उपमहानगरको वडा नं ७ का अध्यक्ष सुनिल गुप्ताले बुधवार कार्यालय समयमा सेवाग्राही र कर्मचारीलाई भित्र थुनेर उपमहानगरको मुल गेटमा ताला लगाएको नगरप्रमुख राजन पौडेलले बताए ।
कार्यालयमा प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृत नभेटिएको भन्दै वडाध्यक्ष गुप्ताले कर्मचारी र सेवाग्राहीलाई भित्र थुनेर मुल गेटमा ताला लगाएका थिए ।
वडाध्यक्ष गुप्ता यसअघि पनि उपमहानगरको मुल गेटमा फोहर ल्याएर थुपार्ने कार्यमा संलग्न हुनुका साथै कार्यपालिका बैठकमा अशोभनीय ढंगले प्रस्तुत हुने गरेको नगरप्रमुख पौडेलले जनाएका छन् । यस विषयमा अध्यक्ष सुनिल गुप्ताले कार्यालयमा कर्मचारी र हाकिम नभएकोले तालाबन्दी गर्नुपरेको बताए
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ