मङ्गलबार, २३ पुस २०८१
ताजा लोकप्रिय

ताइवानको भ्रमण गरेकी न्यान्सीलाई चीनले लगायो प्रतिबन्ध

शुक्रबार, २० साउन २०७९, १५ : १५
शुक्रबार, २० साउन २०७९

चीनले अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसी र उनको परिवारका सदस्यमाथि प्रतिबन्ध लगाएको छ ।

हालै पेलोसीले ताइवानको भ्रमण गरेकी छिन् जसका कारण चीन आक्रोशित छ र ताइवान वरपरका क्षेत्रमा लगातार सैन्य अभ्यास गरिरहेको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीले एक विज्ञप्ति जारी गर्दै पेलोसीले ‘चीनको आन्तरिक मामिलामा गम्भीर हस्तक्षेप गरेको र चीनको एक चीन नीतिलाई अवमूल्यन गरेको, चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई कमजोर बनाएको ’  र ताइवानको क्षेत्रको शान्ति र स्थिरतालाई नोक्सान पुर्याएको बताए ।

चीनले ताइवानलाई आफ्नो हिस्सा ठान्छ तर ताइवानले भने आफूलाई स्वतन्त्र देश ठान्छ ।

अर्कोतर्फ न्यान्सी पेलोसी आफ्नो एसियाली भ्रमणको अन्तिम बिन्दुका रुपमा शुक्रबार जापान पुगेकी छिन् ।

यहाँ उनले पत्रकार सम्मेलनमा आफ्नो ताइवान भ्रमणको उद्देश्य यथास्थिति परिवर्तन गर्नु नभएको स्पष्ट पारिन् । पेलोसीले अमेरिकाले ताइवानलाई कहिल्यै एक्लो हुन नदिने बताएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप