बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

रुपन्देहीको तिलोत्तमामा जग्गा नापजाँच सुरु

शुक्रबार, २० साउन २०७९, १४ : २९
शुक्रबार, २० साउन २०७९

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा राष्ट्रिय भूमि आयोगले अवस्थित  बसोवासीहरुको जग्गा नापजाँच कार्य सुरु गरेको छ । शुक्रबारदेखि नगरपालिकाको तीन नम्बर वडामा एक समारोहकाबीच नापजाँच सुरु गरिएको हो ।  राष्ट्रिय भूमि आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्य क्षेत्रीले रुपन्देहीका दशवटा पालिकाहरूका नापजाँच गर्ने कार्यक्रमअनुसार आजदेखि तिलोत्तमामा सुरु भएको बताए । 

उनले छिट्टै  नापजाँचको काम सम्पन्न गरी समस्याको रूपमा रहेको दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुलाई लालपुर्जा  वितरण गर्ने बताए  कार्यक्रममा तिलोत्तमा नगरका नगर प्रमुख रामकृष्ण खाँणले  सुकुम्वासी समस्यालाई सबै मिलेर  समाधान गर्नुपर्ने बताए । उनले नगरको अन्य आधारभूत कार्यका लागि हातेमालो गरेर अगाडि बढ्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप