बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गोपालले ल्याए गाईजात्रे गीत ‘के भो के भो’

शुक्रबार, २० साउन २०७९, १४ : १६
शुक्रबार, २० साउन २०७९

गाईजात्रा नजिकिँदै गर्दा गाईजात्रे कमेडी गीत सार्वजनिक हुने क्रम बढ्न थालेका छन् । यस्तैमा कलाकार गोपाल तिमल्सिनाले पनि कमेडी गति ‘के भो के भो’ सार्वजनिक गरेका हुन् ।

तिमल्सिनाले अहिलेको समसामयिक राजनीतिक घटनालाई ब्याङ्ग्यको रुपमा प्रयोग गरेर यो गीत ल्याएका हुन् । गीतमा तिमल्सिनाकै स्वर, शब्द, लय रहेको छ । भिडियोमा अभिनय र निर्देशन समेत उनी आफैले गरेका छन् । 

तिमल्सिनाले गत वर्ष ‘खै के खै के’ बोलको गीत ल्याएका थिए । जसमा विकास कार्की, राजकुमार श्रेष्ठ, राम तिमल्सिनाको समेत अभिनय थियो । गीतमा लय, शब्द तथा स्वर भने उनकै थियो ।
देशको समसामयिक राजनीतिक, राजनीतिक दल र विकृति विसंगतिप्रति तिखो प्रहार ‘खै के खै के’ मा पनि थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप