शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचनमा तालमेल गर्ने सहमति, सिट बाँडफाँट गर्न कार्यदल बन्यो

शुक्रबार, २० साउन २०७९, २२ : १०
शुक्रबार, २० साउन २०७९

आगामी निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धन गर्ने समझदारी भएको छ । निर्वाचनमा सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्यदल गठन भएको नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले बताए । कार्यदल सदस्यमा नेपाली काँग्रेसबाट गगनकुमार थापा, ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् भने माओवादीबाट वर्षमान पुन र देव गुरुङलाई राखिएको छ । त्यस्तै एकीकृत समाजवादीबाट प्रमेश हमाल र बेदुराम भुसाल रहेका छन् भने जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ कार्यदल सदस्यमा छन् ।

राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् । कार्यदलका सदस्यले सिट बाँडफाँटका विषयमा प्रस्ताव तयार पार्ने भुसालले बताए । ‘अहिले ११ सदस्यीय कार्यदल बनाइएको छ । कार्यदलले गृहकार्य गरेर सिट बाँडफाँट​को प्रस्ताव तयार गर्नेछ’ भुसालले भने, ‘तर, कहिले कसरी गर्ने भन्ने  विषयमा निर्क्योल भएको छैन । छिटोभन्दा छिटो सिट बाँडफाँट​को प्रस्ताव तयार गर्ने भन्नेछ ।’

कार्यदलले तयार गरेको प्रस्तावको आधारमा नै सिट बाँडफाँड गरिने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप