
माओवादी नेता रञ्जित तामाङद्वारा एमाले अध्यक्ष ओलीसँग चुनाव लड्ने घोषणा
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् पूर्व विद्यार्थी अध्यक्ष रञ्जित तामाङ चुनाव लड्ने भएका छन् । झापा क्षेत्र नम्बर ५ बाट ओलीका विरुद्ध तामाङ चुनावी प्रतिस्पर्धामा उत्रिने भएका हुन् । सरकारले मंसिर ४ गते चुनावको समिति घोषणा गरेपछि तामाङले ओलीसँग चुनाव लड्ने सार्वजनिक गरेका हुन् ।
पाँच दलीय गठबन्धनमा सहभागी माओवादी नेता तामाङले टिकट पाए चुनाव लड्ने बताए । ‘हामी पाँच दलीय गठबन्धनमा छौ । गठबन्धनमा समझदारी बनाएर चुनावमा होमिनु छ’ तामाङले भने, ‘गठबन्धनबाट झापा क्षेत्र नम्बर ५ माओवादी भागमा परेमा म केपी कमरेड विरुद्ध उठ्छु । चुनाव जितेरै देखाउँछु ।’ गठबन्धनबाट आफूले टिकट पाउँने भएकाले ओली संगै चुनाव लडिने तामाङको भनाई छ ।
२०७४ सालको चुनावमा ओलीले ५७ हजार १ सय ३९ मत ल्याएर विजयी भएका थिए । ओलीका प्रतिद्वन्द्वी काँग्रेसका खगेन्द्र अधिकारीले २८ हजार २ सय ९७ मत ल्याएका थिए । ओलीले माओवादी र राप्रपासँग गठबन्धन गरेर चुनाव जितेका थिए । काँग्रेसका अधिकारी एकल रुपमा प्रतिस्पर्धा गरेका थिए । त्यतिबेला कुल १ लाख ३७ हजार ५१४ मत रहेकोमा ९३ हजार ४८ मत खसेको थियो ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
- Aug. 5, 2022, 10:07 p.m. Ninam Lowatti Kulungभनेपछि रञ्जित कामरेडले के नाम पाउने हुन् त ओली बाजेबाट, बहर वा...???
- 0 Reply
कमेन्ट गर्नुहोस्
तपाईको ईमेल गोप्य राखिनेछ
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।