शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हुम्लामा प्रहरीले फेला पार्यो तीन नाल भरुवा बन्दुक

शुक्रबार, २० साउन २०७९, १२ : २९
शुक्रबार, २० साउन २०७९

प्रहरीले हुम्लाको चंखेली गाउँपालिकामा तीन नाल भरुवा बन्दुक फेला पारेको छ । गाउँपालिकाको वडा नम्बर ४ को सरीसल्ला र मेलछाम भन्ने स्थानमा बेवारिसे अबस्थामा बन्दुक फेला पारिएको होे । 

प्रदेश प्रहरी कार्यालयका अनुसार प्रहरी टोली गस्तीबाट फर्कँदै गर्दा झोलुंगे पुलको छेउमै लुकाई राखेको १ नाल लोड र २ नाल खाली गरी जम्मा ३ नाल भरुवा फेला परेको हो । 

प्रदेश प्रहरी कार्यालयका सुचना अधिकारी हिराबहादुर पाण्डेले बन्दुकबारे थप अनुसन्धान भइरहेको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप