बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

परराष्ट्रमन्त्री खड्का चीन भ्रमणमा जाँदै

शुक्रबार, २० साउन २०७९, १२ : २७
शुक्रबार, २० साउन २०७९

परराष्ट्रमन्त्री डा.नारायण खड्काले यही साउन २४ गतेदेखि २६ गतेसम्म चीनको भ्रमण गर्ने भएका छन् ।  परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै परराष्ट्रमन्त्रीको चीन भ्रमणको औपचारिक घोषणा गरेको हो । 

चिनियाँ विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणमा परराष्ट्रमन्त्री डा.खड्काले चीनको तीन दिने भ्रमण गर्न लागेका हुन् । 

भ्रमणका बेला दुई देशका विदेशमन्त्री द्विपक्षीय बैठकमा सहभागी हुनेछन् । बैठक साउन २५ गते चिनियाँ विदेश मन्त्रालयमा हुने परराष्ट्रले जनाएको छ । भ्रमणका बेला डा खड्काको सम्मानमा चिनियाँ विदेशमन्त्री वाङले रात्रिभोजको आयोजना गर्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप