सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

कैलालीमा बाघको छाला सहित ४ जना पक्राउ

शुक्रबार, २० साउन २०७९, १२ : १२
शुक्रबार, २० साउन २०७९

बाघको छाला सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज कैलालीको गोदावरी नगरपालिका–२ अत्तरिया तर्फ अवैध बाघको छाला ओसार पसार भइरहेको सूचनाको आधारमा आरआईटी र इलाका प्रहरी कार्यालय माला खेतीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई गोदावरीबाट पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा  डोटी जोरायल गाउँपालिका २ बस्ने समिर ओली,चुरे गाउँपालिका ६ बस्ने टेक बहादुर रावत, सोही ठाउँ बस्ने धिरेन्द्र रावत, र बैतडी डिलासैनी गाउँपालिका २ बस्ने राजेन्द्र सिह भण्डारी रहेको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ । उनीहरुको साथबाट  टाउकोदेखि पुच्छर सम्म ४ फिट ७ ईन्च, पुच्छरको लम्बाइ ३ फिट २ ईन्च चौडाइ २ फिट २ ईन्च भएको बाघको छाला, प्लास्टिकको कट्ठा, हण्डी २ केजी  बरामत गरेको प्रहरीले जाएको छ ।

गोदावरी नगरपालिका २ तेघरी खानेपानी टयाक्की नजिक सडकमा पुग्दा बुडरबाट धनगढी तर्फ आएको सुपप्र ०४-००१ च ०००६ बोलेरो जिपलाई नियन्त्रणमा लिई बाघको छाला हड्डी सहित सो ४ जनालाई पक्राउ गरेको हो । बाघको छाला हड्डी सहित रीत पूर्वक बरामद गरी सो ४ जनालाई ईलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा लिई जिल्ला बन कार्यालय कैलाली पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप