बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

चुनावी तालमेलका लागि कार्यदल बनाउने सत्ता गठबन्धनको निर्णय

शुक्रबार, २० साउन २०७९, १२ : ०७
शुक्रबार, २० साउन २०७९

५ दलीय सत्ता गठबन्धनमा आवद्ध राजनीतिक दलहरु आगामी चुनावी तालमेलका लागि कार्यदल बनाउन सहमत भएका छन् । शुक्रबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले उक्त निर्णय गरेको नेकपा एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालले जानकारी दिए । 

‘आगामी चुनावमा सत्ता गठबन्धन एक भएर जाने निर्णय भएको छ’, भुसालले भने, ‘चुनावी तालमेलबारे कार्यदल बनाउने निर्णय भएको छ ।’ उनका अनुसार आगामी भदौ दोस्रो साताभित्र सिटको भागबण्डा टुंग्याउने गरी कार्यदललाई जिम्मा दिने निर्णय भएको छ । कार्यदलमा को को बस्ने भन्ने दलहरुले आन्तरिक छलफल गरेर टुंग्याउने भएका छन् ।

बैठकले सरकारले हिजो चुनावको मिति घोषणा गरेकोमा स्वागत गर्दै सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आजबाट हुने जापान भ्रमणका लागि शुभकामना दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप