
हनी ट्रयापमा संलग्न दम्पतीलाई ७ वर्ष थुनामा राख्न माग

हनी ट्रयापको आरोपमा पक्राउ परेका सिन्धुलीको कमलामाई नगरपालिका–६ घर भएकी ३१ वर्षीया कल्पना बस्नेतसहित ३ जनाबारेको अनुसन्धान प्रहरीले पुरा गरेको छ । साउन १ मा उपत्यका अपराध अनुसन्धान कार्यालयले कल्पना, उनका श्रीमान ३१ वर्षीय कृष्णहरि खड्का र सिन्धुली घर भएर भक्तपुरको बालकोट बस्ने २८ वर्षीय संजय कार्कीलाई पक्राउ गरेको थियो ।
उनीहरुमाथि अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । आपराधिक लाभ लिएको कसुरमा उनीहरुलाई ७ वर्ष कैद र ७० हजार जरिवाना गर्ने मागदाबी लिन प्रहरीले सरकारी वकिल कार्यालयलाई सुझाव सहितको प्रतिवेदन बुझाएको छ ।
बौद्ध क्षेत्रमा बस्ने कल्पनाले चावहिलस्थित चप्पल पसमा भेटेको व्यापारीलाई हनी ट्रयापमा पारेकी थिइन् । सामाजिक संजालमा कुराकानी गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अघिल्तिरको होटलमा बोलाएर कल्पनाले ‘यौन दुव्र्यवहार’ गरेको आरोप लगाएर श्रीमान र संजय मार्फत मोलाहिजा गरेकी थिइन् ।
कल्पानाको परिवारसँग पुर्व परिचित संजयले ‘म इन्स्पेक्टर हुँ’ भनेर व्यापारीलाई फोन गरेको र ४० लाख नदिएर बलात्कार मुद्दा हाल्ने धम्कि दिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ