तालिमपछि युवालाई रोजगारी दिनेगरी त्रिपक्षीय सम्झौता
नेपाल सरकार लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र, नेपाल उद्योग परिसंघ र हुलास स्टिलबीच त्रिपक्षीय सम्झौता भएको छ । लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रले आफ्नो कार्यस्थलमा १८ वर्ष नाघेका नेपालीहरूलाई रोजगारीमूलक तालिम दिने प्रतिवद्धता सहित त्रिपक्षीय सम्झौता भएको हो ।
उक्त सम्झौतापत्रमा केन्द्रका तर्फबाट उप–सचिव ऋषिराम पंगेनी, परिसंघको तर्फबाट महानिर्देशक दीपकराज जोशी र हुलास स्टिलको तर्फबाट ब्राण्ड एण्ड कर्पोरेट कम्युनिकेसन म्यानेजर रवि केसीले हस्ताक्षर गरे ।
उक्त सम्झौता अनुसार ३ महिनाको तालिम पश्चात् हुलास स्टिलले २ वर्षको लागि रोजगारमुलक प्रशिक्षण कार्यक्रममा छनौटमा परेका व्यक्तिलाई नीति नियम अनुसार रोजगारीको अवसर प्रदान गर्नेछ । त्यस्तै, प्रशिक्षण तालिम अवधिको न्युनतम खर्च भने नेपाल सरकारले व्यहोर्ने छ । कार्यस्थलमा आधारित रोजगारमुलक प्रशिक्षण कार्यक्रम सञ्चालन कार्यविधि,२०७९ मा रहेको प्रावधान अनुसार यो सम्झौता गरिएको जनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो ११९ रनको लक्ष्य
-
वन क्षेत्रको दिगो, वैज्ञानिक र प्रभावकारी ढंगले उपयोगमा जोड
-
महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबिच समझदारी
-
बलरा नगरपालिका–४ का पूर्ववडाध्यक्ष झाको निधन
-
मन्त्री भण्डारी र कोरियाली समकक्षीबिच टीआइपीएफ सम्झौतामा हस्ताक्षर
-
रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन