ताइवान तनावले अमेरिकाको मिसाइल परीक्षणमा ढिलाइ
शुक्रबार, २० साउन २०७९, ११ : २३
अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवानको विवादास्पद भ्रमणपछि चीनसँग थप तनाव उत्पन्न हुन सक्ने सम्भावनालाई मध्य नजर गर्दै संयुक्त राज्य अमेरिकाले नियमित मिनेट म्यान -३ मिसाइल परीक्षण प्रक्षेपणमा ढिलाइ गरेको छ । वाल स्ट्रिट जर्नलले बिहीबार यस किसिमको प्रतिवेदन सार्वजनिक गरेको छ।
सभामुख पेलोसीको ताइवान भ्रमणबाट उत्पन्न हुन सक्ने तनावलाई ध्यानमा राख्दै अमेरिकी वायुसेनाले चीनसँग कुनै पनि असमझदारी बच्न परीक्षण प्रक्षेपण स्थगित गरिएको रिपोर्टमा उल्लेख गरिएको छ।
अमेरिकी अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल प्रणालीको विश्वसनीयताको मूल्याङ्कन गर्ने उद्देश्यले वर्षमा थुप्रै पटक गरिने यो परीक्षण शुरुमा क्यालिफोर्नियाको भान्डेनबर्ग एयर फोर्स बेसमा यस हप्ता हुने बताइएको थियो तर यसमा ढिलाइ भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान