फ्राइडे रिलिज : दुई विदेशी सहित हलमा ४ फिल्म

आज शुक्रबारबाट नेपाली चलचित्र घरमा एक नयाँ सहित दुई फिल्म प्रदर्शनमा आएको छ । फिल्म हुन् ‘म’ र ‘चपली हाइट ३’ । म फ्रेस फिल्म हो भने ‘चपली हाइट ३’ यस अगाडि दुई पटक प्रदर्शनमा आएपनि राम्रो ब्यवसाय गर्न नसकेको फिल्म हो । दुई फिल्म मध्य धेरै हल ‘म’ ले पाएको छ । यी दुबै फिल्मको अलवा हलिउड सुपरस्टार ब्रान्ड पिट अभिनीत ‘बुलेट ट्रेन’ र साउथ स्टार रवि तेजाको ‘रामा राव अन ड्यूटी’ पनि प्रदर्शनमा आएको छ ।
‘रामाराव अन ड्युटी’ :
सरथ मण्डावा निर्देशित भारतमा एक साता अघि रिलिज भएको ‘रामाराव अन ड्युटी’ आजबाट नेपाली फिल्ममा लागेको छ । दक्षिण भारतीय अभिनेता रवि तेजाको यो एक्सन फिल्म हो । फिल्ममा रवि सरकारी अफिसरको भूमिकामा देखिएका छन् । फिल्ममा राजिशा विजयन, दिव्यांशा कौशिकको पनि मुख्य भूमिका छ ।
‘बुलेट ट्रेन’ :
डेविड लीच निर्देशित ‘बुलेट ट्रेन’ मा पनि ब्रान्ड पिट, जोए किंग, करेन फुकुहारा, आरोन टेलर–जोन्सन लगायतका कलाकारको अभिनय छ । फिल्म जापानी उपन्यासकार कोटारो इसाकाले लेखेको उपन्यास ‘मारिया बीटल’ मा आधारित छ ।
‘म’ :
कान्तिपुर फिल्म एकेडमीले निर्माण गरेको फिल्म हो । सुवर्ण थापा निर्देशित फिल्मका निर्माता प्रकाश पुरी हुन् । फिल्ममा निशा अधिकारी, सविन श्रेष्ठ, सरोज खनाल, निराजन प्रधान, रुविना थापा, नरेन खड्का, सरिता लामिछानेका साथै संजोग रसाइली र पुनम श्रेष्ठको अभिनय रहेको छ । फिल्म सस्पेन्स थ्रीलर बिषयमा निर्माण भएको हो ।
‘चपली हाइट ३’ :
यस अगाडि दुई पटक प्रदर्शनमा आएका यो फिल्म निर्माताले फेरि रिलिज गरेका हुन् । निकेश खड्का निर्देशित फिल्मका निर्माता अर्जुन कुमार हुन् । फिल्ममा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, अर्पण थापा, तीकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौला लगायतका कलाकारहरुको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीसँग अन्तर–संसदीय सम्मेलनका सहभागीको भेट
-
सगरमाथा संवादको तयारी अन्तिम चरणमा : ६ वटा विषयमा केन्द्रित हुने
-
प्रचण्डको ध्यान पूर्वतिर
-
सङ्घीयताकै माध्यमबाट सुखी नेपाली र समृद्ध नेपालको परिकल्पना गरिएको हो : बर्तौला
-
टरिगाउँ विमानस्थलको विकास नीति कार्यक्रममा मात्रै सीमित नहोस् : सांसद गिरी
-
राजश्व कार्यालयसँग राय लिएपछि मात्रै जिल्ला दर रेट तोकौँ : सांसद सिंह