बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

ग्लोबल आइएमई बैंकद्वारा छात्रवृत्ति कार्यक्रम सुरु

शुक्रबार, २० साउन २०७९, १० : २९
शुक्रबार, २० साउन २०७९

ग्लोबल आइएमई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति’ कार्यक्रम सुरु गरेको छ । यस कार्यक्रम अन्तर्गत बैंकले यस वर्ष विभिन्न सामुदायिक (सरकारी) विद्यालयबाट कक्षा ६ उत्तीर्ण गरी कक्षा ७ मा प्रवेश गरेका विपन्नवर्गका ३५ जना जेहेन्दार छात्राहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । 

यी छात्राहरुलाई कक्षा १२ सम्मको अध्ययनका लागि हरेक वर्ष छात्रवृत्ति प्रदान गरिने बैंकले जनाएको छ । समाजको विकासमा शिक्षाको महत्वपूर्ण भूमिका रहेको र महिला शिक्षित भएमा समाजको चेतनास्तर अभिवृद्धि हुनुका साथै आर्थिक रुपमा सबल हुन समेत मद्दत पुग्ने विश्वासका साथ यो कार्यक्रम गरिएको बैंकले जनाएको छ । 

यस कार्यक्रमबाट आर्थिक समस्याका कारण बीचमै विद्यालय छाड्न बाध्य छात्राहरुलाई न्यूनतम् विद्यालय शिक्षा पुरा गर्न सहयोग पुग्ने बैंकको विश्वास छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप