शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बार्सिलोनाका रिकी पुज एलए ग्यालेक्सीमा

शुक्रबार, २० साउन २०७९, ०९ : ३६
शुक्रबार, २० साउन २०७९

स्पेनिस क्लब बार्सिलोनाका युवा खेलाडी रिकी पुज अमेरिकाको मेजर लिग सकर (एमएलएस) क्लब एलए ग्यालेक्सीमा अनुबन्ध भएका छन् । ला ग्यालेक्सीले मिडफिल्डर रिकी पुजलाई अनुबन्ध गरेको जनाएको छ । २२ वर्षे पुजले एलए ग्यालेक्सीसँग साढे तीन वर्षको सम्झौता गरेका छन् ।

पुजले सन् २०१८ मा बार्सिलोनाको सिनियर टोलीमा डेब्यु गरेका थिए । बार्सिलोनाको सिनियर टोलीका लागि उनले ५७ खेलमा २ गोल गरेका छन् ।​ पुजले क्याटलानबाट २ खेल खेलेका छन् । बार्सिलोनाले पछिल्लो समय टिममा सिनियर खेलाडी भित्राउँदै आफ्ना केही खेलाडीलाई बाहिर पठाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप