बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

लोकदोहोरी प्रतिष्ठानका शिव हमालकै गीत विवाद, पेटीकोटमा नाच्ने मोडलको आलोचना

शुक्रबार, २० साउन २०७९, २२ : ३५
शुक्रबार, २० साउन २०७९

यतिबेला सामाजिक संजालमा ‘पापाकी परी’ बोलको गीत चर्चामा छ । सुशीला पाठकको स्वर रहेको यो गीत भिडियो र शब्दका कारणले आलोचनामा परेको हो । 

शिव हमालको शब्द र आशिष अविरलको संगीत रहेको गीतमा मोडल करिश्मा ढकालले पेटीकोट लगाएर नृत्य गरेको देख्न सकिन्छ । गीतमा रहेका केही शब्द र पेटीकोटमा नृत्य गरेको दृश्य अपाच्य भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । 

अरुका यस्ता गीतलाई राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान मार्फत कारबाही प्रकृया अगाडि बढाउने हमालको गीत नै नराम्रो भएको भन्दै सामाजिक संजालमा उनी बिरुद्ध समेत बिभिन्न आलोचना भइरहेको छ ।

गीत हटाउन हमाललाई चौतर्फी दबाब परेको छ । गीतको बिषयमा चौतर्फी दबाव भएपछि हमालले गीतको भिडियो सच्याउने भएका छन् । ‘गीत र भिडियोको बिषयमा म लज्जित छु । आत्मालोचना सहित माफी माग्छु’ हमालले रातोपाटीसँग भने ‘म आफै अरुको गीतमा यस्तो हुनु हुदैन भन्ने मानिस । मेरो यस्तो भयो ।’ उनले आफ्नो कारणले नभएर भिडियो टिमको कारणले गल्ती भएको भन्दै तुरुन्तै भिडियो सच्याएर ल्याउने सुनाए ।

गीतको भिडियो मौसम हिमालले निर्देशन गरेका हुन् । 

के भन्छन् हमाल ?
गीत विवादले मलाई पनि नराम्रो लागेको छ । एउटा बैसालु, सोझी, कुमारी युवतीको मनोविज्ञान मैले गीतमा उतारेको हो । भिडियोले त्यसलाई अपव्याख्या गरेको रहेछ । म उपत्यका बाहिर भएको बेला भिडियो सुटिङ भएछ । मैले आएर हेर्दा म जोडिएको बिषयमा यस्तो हुँदैन ।

अरुले गर्दा बोल्ने म मेरो गीतमा यस्तो कसरी हुन्छ । यो भिडियोले सुधार्ने हो बिगार्ने होइन भनेर दृश्य हटाउन लगाएको थिए । त्यो नहटाइ हालेको रहेछ । त्यो हट्छ । त्यसका लागि आज अर्काे भिडियो सुटिङ हुँदैछ ।

गीतसंगीत सुधार्न धेरै दु:ख गरेको मैले आफ्नो गीतको भिडियोले लज्जित हुनुपर्दा धेरै दु:खी छु । आत्मालोचना गरेको छु । मसँग जोडिएको कारणले माफी माग्छु ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप