कार्य क्षमता बढाएर बजेटको लक्ष्य पुरा गर्न अर्थमन्त्री शर्माको निर्देशन
अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालय मातहतका निकायका प्रमुखहरुलाई आ-आफ्ना कार्यालयको क्षमता वृद्धि गरेर बजेटको लक्ष्य पुरा गर्न निर्देशन दिएका छन्। बिहिबार मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०७८ /७९ को प्रगति समीक्षा एवं मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा वार्षिक लक्ष्य पुगेका निकायले अझै आजको आवश्यकता अनुसार आफूलाई थप क्षमतावान बनाउनुपर्ने र लक्ष्य नपुगेका कार्यालयले आफ्ना लक्ष्य पुर्याउन योग्य बनाउनु पर्ने बताए ।
अहिलेको कामगर्ने मुख्य औजार सफ्टवेर भएकाले कार्यालयहरुलाई अहिलेको आवश्यकता अनुसार कागजी प्रक्रियाहरूबाट मुक्त गर्दै आधुनिक सूचना प्रविधिमा विकास गर्न मन्त्री शर्माले निर्देशन दिए । अन्य मन्त्रालय र निकायलाई बजेट कार्यान्वयन गर्न अर्थ मन्त्रालयले सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्ने भन्दै कुनै पनि मन्त्रालय र निकायका कामलाई अर्थ मन्त्रालयले रोक्न नहुने उनको भनाइ छ ।
सामान्यतया कुनै पनि फाइलहरू एकै दिनमा अगाडि बढाउन र कानून मन्त्रालयको राय लिनुपर्ने अवस्थामा पनि छिट्टो राय लिएर फाइल अगाडि बढाउन पनि उनले निर्देशन दिए । साना किसान विकास बैंकले काठमाडौं उपत्यकाको तरकारीको खपतको आवश्यकता पुरा गर्ने गरि उत्पादन बढाउन किसानको खेत खेतमा पुग्न पनि मन्त्री शर्माले निर्देशन दिए । कृषि विकास बैंकले गाउँका किसानलाई कर्जा दिन निर्देशन दिँदै गाउँका किसानले भाका नसार्ने भएकाले त्यसो गर्न निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थ समितिको छलफलमा बोलाइएका विज्ञहरूमाथि नै प्रश्न
-
'वामदेव गौतम एकीकृत समाजवादीमा प्रदेश गर्न सकारात्मक'
-
नागरिक लगानी कोष र आईएमईबिच सेयर प्रत्याभूति सम्झौता
-
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन, कार्यविभाजन २ दिनपछि
-
विद्या भण्डारीको प्रमुख आतिथ्यमा फेवा संवाद हुने
-
भक्तपुरमा मदिरा सेवन गरेर युवकमाथि कुटपिट, ६ जना पक्राउ