बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सेसर थप दुई वर्ष चेल्सीमै रहने

शुक्रबार, २० साउन २०७९, ०७ : ४९
शुक्रबार, २० साउन २०७९

स्पेनीस खेलाडी सेसर एज्पिलिक्वेटाले इङ्ग्लिस क्लब चेल्सीसंग थप दुई वर्षको सम्झौता नवीकरण गरेका छन् । चेल्सीका कप्तान समेत रहेका एज्पिलिक्वेटाले सन् २०२४ सम्म क्लब रहने निर्णय गरेका हुन् । 

राइट ब्याक एज्पिलिक्वेटा सन् २०१२ मा फ्रान्सेली क्लब मार्सलीबाट चेल्सीमा आएयता ४७६ खेलमा १७ गोल गरेका छन् । यस अघि उनी स्पेनिस महारथी बार्सिलोना जाने हल्ला चलेको थियो । 

चेल्सी रहँदा उनले  प्रिमियर लिग, एफए कप, लिग कप, च्याम्पियन्स लिग, युइएफए सुपर कप र फिफा क्लब विश्वकप उपाधि जितेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप