सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

दशैंअघि भारतबाट चिनी र गहुँ आयात गर्ने तयारी

शुक्रबार, २० साउन २०७९, ०६ : ३४
शुक्रबार, २० साउन २०७९

सरकारले भारतबाट चिनी र गहुँ आयात गर्न व्यवसायीलाई अनुमति दिने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतबाट गहुँ र चिनी आयातका लागि व्यवसायीलाई अनुमति दिने तयारी भइरहेको जनाएको छ।

दशैं, तिहार छठ जस्ता आसन्न चाडबाडमा चिनी र मैदा, पीठोजस्ता आत्यवश्यकीय वस्तुको अभाव नहोस् भनेर कूटनीतिक संवाद गरी आयात गर्न लागिएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए । भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाए पनि नेपालका लागि भने लागू नहुने जनाउँदै आएको छ। तर, व्यवसायीले पहिले जसरी आयात गर्न नपाएको गुनासो गर्दै आएका छन् ।

भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षको वैशाखसम्ममा भारतबाट करिव दुई लाख टन गहुँ आयात भएको थियो । तर, जेठदेखि आयात ठप्प छ। रुस र युक्रेनबीच युद्ध बढेसँगै संसारभर खाद्य संकट सुरु हुने चर्चाबीच भारतले वैशाख अन्तिम सातादेखि गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो। यो समाचार कारोबार दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप