आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

आनन्द इँटाको ‘हात खाली नजाने उपहार’

बिहीबार, १९ साउन २०७९, २१ : ५२
बिहीबार, १९ साउन २०७९

मोरङबाट उत्पादित आनन्द इँटाले ल्याएको हात खाली नजाने उपहार अन्तर्गत तीन महिनामा १० लाखभन्दा बढीको पुरस्कार बाँडेको निर्देशक नितेश अग्रवालले जानकारी दिएका छन् ।

उनका अनुसार आनन्द, अनन्त र आगन इँटामध्ये कुनै पनि तीन हजार इँटाको खरिदमा एक थान स्क्र्याच कुपन ग्राहकले पाउनेछन् । उक्त कुपन स्क्र्याच गर्दा हात खाली नजाने उपहार योजना ल्याएको उनले बताए ।

सोही उपहार योजना अनुसार बम्पर पुस्कारमा स्कुटी राखिएको छ । त्यस्तै ३२ इन्चको एलजीको टिभी, पाँच ग्राम सुन, ४० ग्राम चाँदीको सिक्का, फ्रिज र ३ हजार देखि १ हजार ५ सय रुपैयाँसम्म नगद उपहार छ ।

हात खाती नजाने उपहार अन्तर्गत विराटनगरका प्रमोद यादवले फ्रिज र प्रवीण कुमार ठाकुरले टिभी पाएका छन् । उनीहरूलाई बिहीबार विराटनगरमा एक कार्यक्रम आयोजना गरी निर्देशक अग्रवाल र प्रबन्धक देवेन्द्र रेग्मीले उक्त पुरस्कार हस्तान्तरण गरे ।

यो योजना ल्याएपछि २५ प्रतिशत इँटा बिक्री बढेको निर्देशक अग्रवालले बताए । अहिले दैनिक १ लाखभन्दा बढी इँटा बिक्री भइरहेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप