तुलसीपुरको स्थानीय पाठ्यक्रम तयार
तुलसीपुर उपमहानगरपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेको छ । उक्त पाठ्यक्रम यस वर्षदेखि नै कार्यान्वयनमा आउने भएको छ । उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काका अनुसार कक्षा १ देखि ८ सम्मका लागि पाठ्यक्रम तयार पारिएको भए पनि कक्षा ५ र ८ बाहेक अन्य कक्षामा यस वर्षदेखि नै कार्यान्वयनमा आउन लागेको हो । विसं २०७८ पुस महिनादेखि पाठ्यक्रम निर्माणको काम सुरु भएको हो ।
पाठ्यक्रममा कक्षा १ देखि ५ सम्म तुलसीपुरको परिचय, स्थानीय संरचना सेवा प्रवाह, तुलसीपुर क्षेत्रमा रहेका सम्पदा, पेसा, व्यवसाय र प्रविधि, मानवीय मूल्य र स्वास्थ्य शिक्षा, वातावरण र कर्तव्य, दुर्घटना र विपद् व्यवस्थापन शीर्षकमा तयार पारिएको छ भने कक्षा ६, ७ र ८ का यी विषयवस्तुसहित व्यावहारिक लेखनलाई समेत समेटिएको छ । पाठ्यक्रमभित्र सामाजिक, आर्थिक, धार्मिक, पर्यावरणीय विषयवस्तुलाई समेटिएको छ ।
पाठ्यक्रम तयार भएको भन्दै पाठ्यपुस्तकका रुपमा तयार पार्ने कामलाई समेत तीव्रता दिइने प्रमुख खड्काले बताए । उनले तुलसीपुर क्षेत्रको शिक्षाको अवस्थालाई माथि उठाउनका लागि सामुदायिक र संस्थागत विद्यालयको भूमिका महत्वपूर्ण भएकोसमेत बताए । पाठ्यक्रम आज सार्वजनिक गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह सम्पन्न
-
अफगानिस्तानमा बाढीले ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त
-
पोषणको क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ : आरजु राणा
-
डीआईजी दुर्गा सिंहको गण्डकी प्रदेशमा सरुवा
-
‘टिकटक बेच्ने कुनै योजना छैन’
-
‘डाबर नेपालले क्षमता विस्तारमा अर्बौं लगानी गर्दैछ’