शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सर्वोच्च अदालतमा शुक्रबार पूरा समय सेवा प्रवाह हुने

बिहीबार, १९ साउन २०७९, २१ : ०४
बिहीबार, १९ साउन २०७९

सर्वोच्च अदालतले रहेको पुराना बक्यौता मुद्दा न्यूनीकरणसम्बन्धी कार्ययोजना–२०७९ लाई कार्यान्वयन गर्ने उद्देश्यले शुक्रबार पूरा समय सेवा प्रवाह गर्ने भएको छ ।  सर्वोच्च अदालतको गत असार २२ गते बसेको पूर्ण बैठक (फूल कोर्ट) ले यही साउन २० गते शुक्रबारदेखि लागू हुने गरी पूरा समय सेवा प्रवाह गर्ने निर्णय गरेको थियो ।

अदालतले पुराना बक्यौता मुद्दा न्यूनीकरणसम्बन्धी कार्ययोजना सञ्चालनमा ल्याएपछि शीघ्र मुद्दा फछ्र्योट हुने विश्वास गरिएको छ । अदालतमा २०७९ सालको वैशाख ३० सम्म आइपुग्दा पाँच वर्ष नाघेका मुद्दा चार हजार आठ सय १९ थान छन् । त्यस्तै दुई वर्ष नाघेका मुद्दा १७ हजार ६१२ थान रहेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप