बढुवा भएका ३३ जना डिएसपी सहित ६३ अधिकृतले लगाए फुली
बिहीबार, १९ साउन २०७९, २० : ३२
नेपाल प्रहरीका जनपद तर्फका ३३ जना डिएसपी, प्राविधिकतर्फ ९ जना डिएसपी र २१ जना इन्स्पेक्टरले दर्ज्यानी चिन्ह लगाएका छन् ।
गृह सचिव स्तरिय निर्णय अनुसार बढुवा नियुक्ती भएका ५७ जना र प्राविधिकतर्फ खुल्ला प्रतियोगिताद्वारा नवनियुक्त ६ जना निरीक्षकलाई आईजीपी धीरज प्रताप सिंहले बिहिबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा फुली लगाइदिएका हुन् ।
समारोहमा प्रहरी महानिरीक्षक सिंहले पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई उत्कृष्ट काम गर्न निर्देशन दिएका छन् । बढुवा भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी नायव उपरीक्षक होम बहादुर थापाले जटिल परिस्थितीको सामना गरी संगठनको गरिमा उच्च राख्न कटिबद्ध भई लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओलीसँग रश्मिलाको प्रश्न : ऐन महरलाई कहिले कारबाही हुन्छ ?
-
आयोग गठन भाँडिएकोमा बाबुरामको प्रश्न : लाखौँ द्वन्दपीडितका आँसु बगिरहनुमा प्रमुख दोषी को हो ?
-
बुटवलमा औद्योगिक व्यापार मेला सुरु
-
प्रहरीले दैनिक ११७ जना मानिस पक्राउ गर्छ
-
सरकारले निजी लगानीलाई प्रोत्साहन गरिरहेको छ : अर्थमन्त्री पौडेल
-
रुसले किन दियो अफगानिस्तानमा तालिवानलाई मान्यता ?