सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

वायुसेवा निगमका अध्यक्ष अधिकारी बर्खास्त

बिहीबार, १९ साउन २०७९, २० : २६
बिहीबार, १९ साउन २०७९

सरकारले नेपाल वायुसेवा निगमका अध्यक्षलाई पदबाट बर्खास्त गरेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले निगमका अध्यक्ष युवराज अधिकारीलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको हो ।

सरकारले यसअघि नै अधिकारीमाथि छानबिन गर्न समिति गठन गरेको थियो । छानबिनका लागि समिति बनेसँगै अधिकारी पदबाट स्वतः निलम्बनमा परेका थिए ।

पदबाट निलम्बन परेपछि अधिकारी सर्वोच्चको सरणमा पुगेका थिए । सर्वोच्चले अधिकारीको पक्षमा अन्तरिम आदेश दिएसँगै उनी पुनः काममा फर्केका थिए । सर्वोच्चको आदेशबाट काममा फर्केका उनलाई सरकारले आज फेरि पदबाट बर्खास्त गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप