बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चुनावको मिति घोषणा गर्दा हामीलाई सोधिएन : नेम्वाङ

बिहीबार, १९ साउन २०७९, १९ : ५४
बिहीबार, १९ साउन २०७९

नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकारले चुनावको मिति घोषणा गर्दा विपक्षीसँग छलफल नगरिएको बताएका छन् । बिहीबार बुटवलमा प्रेस चौतारी रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै  उनले निर्वाचन घोषणा हुनु स्वागतयोग्य भए पनि सरकारले विपक्षीसँग छलफल नगरेको बताएका हुन् ।

उनले सरकारले निर्वाचनको मिति घोषणा गर्दा प्रतिपक्षसँग छलफल नगरेको भन्दै असन्तुष्ट पोखे । तर उनले निर्वाचनको मिति घोषणाले एमाले खुसी भएको बताए । उनले जनता र एमालेको दबावकै कारण सरकार चुनावको मिति घोषणा गर्न बाध्य भएको बताए । उनले आगामी निर्वाचनबाट नेपालका कुनै पनि दलहरूको बहुमत नआउने बताए । प्रतिनिधिसभा विघटनको विषयमा आफूहरूले जनतालाई स्पष्टसँग बुझाउने नेता नेम्वाङको भनाइ छ । उनले पाँच दलीय गठबन्धन दूषित भएको बताए  ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप