शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुरबाट राजस्व छलीको २८ हजार किलो सुर्ती बरामद, ४ जना पक्राउ

बिहीबार, १९ साउन २०७९, २२ : ३०
बिहीबार, १९ साउन २०७९

ललितपुरको खोकना र भैँसेपाटीस्थित गोदामबाट ठूलो परिमाणमा भन्सार छलेको तयारी र कच्चा सुर्ती बरामद गरिएको छ । राजस्व अनुसन्धान विभागसँगको समन्वयमा ८ हजार तयारी सुर्ती र २० हजार कच्चा सुर्ती बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए । 

भारतबाट भन्सार छलेर कच्चा सुर्ती ल्याउने र तयार गरेर बजारमा बेच्ने उद्योग संचालकसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुली घर भएका पोष्टराज गौतम, मोरङ घर भएका सुरेश पोखरेल, सर्लाही घर भएका ४४ वर्षीय दिनेश चौधरी र काठमाडौंको सिनामंगल बस्ने ३८ वर्षीय अरविन्द अग्रवाल छन् ।  

साउन १८ मा प्रहरीले पेप्सीकोलाबाट पोष्टराज गौतम र कुलेश्वाट दिनेश चौधरीलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । उनीहरुको बयानका आधारमा अरविन्द अग्रवाल र सुरेश पोखरेलले संचालन गरेको ललितपुर महानगर–२१ स्थित खोकनाको न्यू शुभ लक्ष्मी सुर्ती उद्योगमा प्रहरीले छापा मारेको थियो । 

राजस्व अनुसन्धान विभागसँगको समन्वयमा भैँसेपाटीमा रहेको दुईवटा गोदाम र अफिस तथा खोकनाको न्यू शुभलक्ष्मी सुर्ती उद्योगबाट सो सुर्ती बरामद गरिएको एसपी कोइरालाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप