बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अखिल क्रान्तिकारीको तीन महिने अभियान सुरु, फलफूलका विरुवा उत्पादन तथा वितरण गर्ने

बिहीबार, १९ साउन २०७९, १८ : ५६
बिहीबार, १९ साउन २०७९

अनेरास्ववियु (क्रान्तिकारी) मोरङले उत्पादनसँग अखिल क्रान्तिकारी भन्ने नाराका साथ तीन महिने अभियान सुरु गर्ने भएको छ । मोरङको विराटनगरमा बिहीबार एक कार्यक्रम गरी अखिल क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष पञ्चा सिंहले अभियानको उद्घाटन गरेकी हुन् ।

क्रान्तिकारीले बदामका १ हजार विरुवा, अश्वगन्धाको १ हजार विरुवा उत्पादन गरेर विक्री गर्ने बताएको छ । क्रान्तिकारीका केन्द्रीय सदस्य टेकेन्द्र क्षेत्रीले मोरङको मिक्लाजुङ, केराबारी, मधुमल्लाको माथिल्लो क्षेत्रमा ओखर खेती गर्ने, एभोकाडोलगायतको विरुवा उत्पादन गर्ने, माटोको परीक्षण गर्ने जानकारी दिए । 

उनले प्रस्ताव गरेको कार्ययोजनामा स्थानीय निकायमा अखिल क्रान्तिकारी जाने र विभिन्न उत्पादनका काम सुरु गर्ने उल्लेख छ । यस्तै स्कुल तथा कलेजमा च्याउ खेतीका लागि टे«निङ दिलाउन पहल गर्ने, मौरी पालनका लागि हरेक विद्यालयमा फूलखेती तथा एक स्कुल एक मौरीको डुँड अभियान सुरु गर्ने पनि उल्लेख छ । 

कार्यक्रम उद्घाटन समारोहमा बोल्दै क्रान्तिकारीकी अध्यक्ष सिंहले भने राष्ट्रिय उत्पादनलाई बढावा दिने वर्तमान सरकारको नीतिलाई यो कार्यक्रमले सहयोग गर्ने विश्वास व्यक्त गरिन् । उनले सबै वर्तमान सरकारका अर्थमन्त्री जनार्दन शर्माको विरुद्धमा झुट र बेइमान गरेर बदनाम गर्न खोजेको भएपनि त्यो अहिले पर्दाफास भएको बताइन् । 

उनले माओवादी कुनै पनि राष्ट्रघातमा सहभागी नबनेको पार्टी भएको दाबी गर्दै नैतिकता, इमान र स्वाभिमान बचाउनका लागि माओवादी केन्द्रलाई जिताउनु पर्नेमा जोड दिइन् । उनले यति, ओम्नी र नारायणहिटीमा बतासलाई पुर्याएर विभिन्न भ्रष्टाचारका कीर्तिमान खडा गर्नेहरुले देश चलाउन नसक्ने पनि दाबी गरिन् । सबै जनताको छोराछोरीले समान हिसाबको शिक्षा पाउनका लागि पनि माओवादी केन्द्रले जित्नु पर्ने उनको भनाइ थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप