शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

परराष्ट्रमन्त्रीले समितिको बैठकबाट पन्छिन मिल्दैन : सांसद झा

बिहीबार, १९ साउन २०७९, १८ : १६
बिहीबार, १९ साउन २०७९

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद अनिलकुमार झाले बाढीको कारण देखाएर परराष्ट्रमन्त्री समितिबाट पन्छिन नमिल्ने बताएका छन् । बिहीवार सिंहदरबारमा बसेको राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले बाढीमात्रै कारण हुननसक्ने भन्दै परराष्ट्रमन्त्री समितिमा नआउनुको रहस्य अरुपनि हुनसक्ने बताए । उनले नेपाली सेना, रक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालयले समितिको बैठकमा आउनुलाई अन्यथा मान्नु नहुने बताए ।  

समितिको बैठकमा नेपाली काँग्रेसकी सांसद लक्ष्मी परियारले संसदमा जवाफ दिइसकेको भनेर संसदीय समितिको अवहेलना गर्न नमिल्ने बताइन् । उनले संसदमा जवाफ दिइसकेपनि समितिको बैठकमा उपस्थिति भएर त्यसबारेमा स्पष्ट पार्न आवश्यक रहेको बताइन् ।  सरकार र मन्त्रीले समितिका कुरालाई टारेर जान नहुने उनले बताइन् । फरक प्रशंगमा सांसद परियारले सप्तकोशी नदीको मोटरेबल पुललाई रिभ्यू गर्ने कुरामा फलोअप हुन नसकेको बताइन् ।     

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप