बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आउँदो चुनावमा झण्डै १० लाख मतदाता थपिने

बिहीबार, १९ साउन २०७९, १७ : ५१
बिहीबार, १९ साउन २०७९

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको आउँदो निर्वाचनमा झन्डै १० लाख मतदाता थपिने अनुमान गरेको छ । बिहिबार गरिएको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले अघिल्लो निर्वाचनमा १ करोड ७७ लाख मतदाता रहेकोमा यो संख्या १ करोड ८६ लाखसम्म हुने प्रारम्भिक अनुमान रहेको बताए ।

उनले झन्डै १० लाख हाराहारी मतदाता थपिन सक्ने बताउँदै सो संख्या आयोगले छिट्टै सार्वजनिक गर्ने बताए । यस्तै निर्वाचन आयोगप्रति उत्तरदायी हुनेगरी निर्वाचन सुरक्षा प्रणालीको व्यवस्था गर्न लागेको पनि थपलियाले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप