आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

भेलछडा–सिलगढी खानेपानी आयोजनाको बाटो खुला

बिहीबार, १९ साउन २०७९, १७ : ४८
बिहीबार, १९ साउन २०७९

वन तथा वातावरणमन्त्री प्रदीप यादवले राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने डोटीको भेलछडा, काडामाडौँ, गैरागाउँ तथा सिलगढी खानेपानी आयोजना निर्माणमा वर्षौदेखि हुँदै आएको अवरोध खुला गरिदिएका छन् । उक्त आयोजना निर्माणका लागि खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले निकुञ्जमा समस्या हुने भन्दै खानेपानी निर्माणकार्यमा विमति जनाउँदै आएको थियो ।

भेलछडाको पानी सिलगढी ल्याउन निकुञ्जले विमति जनाएपछि त्यहाँका नागरिक खानेपानी नपाउने भन्दै निरास भएका थिए । मन्त्री यादवले यही साउन १८ गते मन्त्रिस्तरीय निर्णयबाट स्थानीय उपभोक्तालाई सहजरूपमा खानेपानी उपलब्ध गराउन, खानेपानीको व्यावसायिक प्रयोजन नगर्ने शर्तमा हाल स्वीकृत गर्नुभएको मन्त्री यादवको सचिवालयले जनाएको छ ।

साथै उनले डिपिआर संरचनामा थप गर्न नपाउने गरी विभागले तोकिदिएको उपयुक्त विधिअनुसार आयोजना सञ्चालन तथा मर्मत गर्ने निर्णय पनि गरेका छन् । यसैगरी मन्त्री यादवले खप्तड राष्ट्रिय निकुञ्जको नियमावली, २०४४ को नियम ३४ बमाेजिम उक्त खानेपानी आयोजनाको सहमति उपलब्ध गराउनुपर्ने निर्णय पनि गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप