बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

फेरि शुक्रबारको सेयर कारोबार बन्द हुने

बिहीबार, १९ साउन २०७९, १७ : २९
बिहीबार, १९ साउन २०७९

सेयर बजारको शुक्रबारको कारोबार फेरि बन्द हुने भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रबन्धक निरन्जन फुयाँलले शुक्रबारको सेयर बजार छिट्टै बन्द गरिने बताए ।  

सरकारले गत जेठमा सातामा दुई दिन शनिबार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेसँगै सेयर बजार खुल्ने समय आइतबारको साटो शुक्रबार सारिएको थियो । तर, आइतवारको बिदा पुन कटौती भएसँगै अब सेयर कारोबारलाई पनि ५ दिन कायम गर्नुपर्ने फुयाँलले बताए ।

‘गत असारदेखि नेपालमा कारोबार ६ दिन गरिएको छ । चाडैं शुक्रबारको कारोबार हटाएर पुनः ५ दिन सेयर कारोबार दिन कायम गर्दैछौं’ फुयाँलले बताए । 

गत असार ३ गते यता शुक्रबार ११ बजेदेखि १ बजेसम्म सेयर कारोबार हुँदै आएको छ । तर नेप्सेले चाडैं सो व्यवस्था खारेज गर्ने तयारी गरेको उनले बताए ।

    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप