मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

मरासिनी प्रधानमन्त्री कार्यालयमा तानिए

बिहीबार, १९ साउन २०७९, २२ : ५९
बिहीबार, १९ साउन २०७९

सरकारले सचिवहरूको सरुवा गरेको छ । सरकारले अर्थसचिव मधु मरासिनीलाई प्रधानमन्त्री कार्यालय तानेर जगेडामा राखेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले मरासिनीलाई जगेडामा राख्दै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव हरिप्रसाद मैनालीलाई युवा तथा खेलकुद मन्त्रालयमा तानेको छ । उनको ठाउँमा लुम्बिनी प्रदेशको प्रमुख सचिवका रूपमा काम गरिरहेका सचिव डिल्लिराम शर्मालाई ल्याइएको छ । अर्थमन्त्री जनार्दन शर्मा विवादमा तानिएपछि अर्थ सचिव मरासिनी बिदामा बसेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप