बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

दसैंलगत्तै उम्मेदवारी दर्ता गर्ने गरी कार्यतालिका निकाल्छौँ : प्रमुख आयुक्त थपलिया

बिहीबार, १९ साउन २०७९, १७ : २४
बिहीबार, १९ साउन २०७९

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दसैंलगत्तै उम्मेदवारी दर्ता गर्ने गरी कार्यतालिका प्रकाशन गर्ने बताएका छन् । सरकारले निर्वाचनको मिति घोषणा गरेलगत्तै बिहीबार आयोगमा गरिएको पत्रकार सम्मेलनमा उनले उम्मेदवारी दर्ता गर्ने मिति पछि तोक्ने बताए ।

यस्तै निर्वाचनमा भाग लिने सांसदहरुको उम्मेदवारी दर्ता गरेकै दिनबाट पदावदी सकिने आयोगको धारणा रहेको उनले सुनाए ।  यस्तै व्यारेकमा रहेका सैनिक, वृद्धाश्रममा रहेका ब्यक्ति, कर्मचारीलाई अस्थायी मतदाता परिचय पत्र व्यवस्था गरेर समानुपातिक निर्वाचन प्रणालीमा भएपनि सहभागी गराउने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप