बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

घरजग्गा व्यवसायलाई चालू आर्थिक वर्षभित्रै पुँजी बजारमा ल्याउँछौं : अध्यक्ष हमाल

बिहीबार, १९ साउन २०७९, १२ : ००
बिहीबार, १९ साउन २०७९

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले चालू आर्थिक वर्ष भित्रै  घरजग्गा व्यवसायलाई पुँजी बजारमा ल्याउने बताएका छन् । बिहीबार राजधानीमा आर्थिक पत्रकार संघ (नाफिज) द्वारा आयोजित धितोपत्र बजारको अवस्था विषयक कार्यक्रममा बोल्दै अध्यक्ष हमालले यस्तो बताएका हुन् ।

‘सरकारको नीति बजेटले नै व्यवस्था गरेको रियलस्टेट सेक्टरलाई पुँजी बजारमा ल्याउँछौं । त्यो यसै आर्थिक वर्षभित्र हुन्छ’ हमालले भने । अध्यक्ष हमालले यसै वर्ष साना मझौला तथा लघु  उद्योग तथा कम्पनीहरु (एसएमईज) हरुलाई समेत पुँजी बजारमा भित्र्याउने बोर्डको नीति रहेको बताए ।

यस्तै, धितोपत्र बोर्डले दुई वर्ष अघि नै कार्यान्वयनमा ल्याएको सेयर बजारको बुक बिल्डिङ प्रविधिलाई समेत सुव्यवस्थासहित निरन्तरता दिने उनले बताए । ‘बुक बिल्डङमा धितोपत्र बोर्ड सचेत छ, समस्या नआउने गरी आगामी दिनमा बढ्नेछौं’ उनले भने,‘यसमा मिडियाकर्मी साथीहरूको साथ र सपोर्ट पनि चाहन्छु ।’  

सेयर ब्रोकरहरुको विषयमा अध्यक्ष हमालले धेरै संख्यामा आवश्यक नभएको भन्दै पुँजी वृद्धिसँगै गुणात्मक सुधारमा लाग्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप