स्क्रिप्ट राइटरलाई १५ लाख दिनुपर्छ – सौगात
अभिनेता सौगात मल्लले नेपाली फिल्मको स्क्रिप्ट निकै कमजोर हुने गरेको बताएका छन् । स्क्रिप्ट कमजोर भएका कारण फिल्मको लगानी डुब्ने गरेको उनको धारणा रहेको छ ।
‘स्क्रिप्टमै मिहिनेत र लगानी भएन भने फिल्म राम्रो बन्नै सक्दैन । नेपालमा स्क्रिप्टमा खासै समय नै दिइँदैन । सबैलाई फिल्म बनाउनै हतारो हुन्छ’ उनले भने ‘फिल्मको स्क्रिप्ट तयार गर्न कम्तिमा डेढदेखि दुई वर्ष दिनुपर्छ । त्यो समय बिनाको फिल्म बनाउनु बेकार रहेको छ ।’ उनले स्क्रिप्टका लागि निर्माण पक्षले १५ लाख छुट्याउनु पर्ने धारणा समेत राखेका छन् ।
‘फिल्मको जग भनेकै स्क्रिप्ट हो । जब स्क्रिप्टमै पर्याप्त लगानी र मिहिनेत गरिँदैन भने फिल्म कसरी राम्रो बन्न सक्छ ?’ सौगातले थपे, ‘स्क्रिनप्लेले बलियो फिल्म आफूलाई कहिले कहिले मात्र आउने गरेको छ ।’ उनले माइकल अधिकारी स्क्रिप्टले बलियो फिल्म भएको दाबी गरे ।
बिहीवार फिल्म ‘माइकल अधिकारी’ले आयोजना गरेको एक कार्यक्रममा उनले ‘माइकल अधिकारी’ बलियो स्क्रिप्ट भएको फिल्म भएकोले आफूलाई यसबाट निकै आस रहेको बताए । ‘नेपाली फिल्मको स्क्रिप्टमा खाल्टाखुल्टीहरु बढी हुन्छ । काम गर्दै जाँदा बनाउला नी भनेर बसिन्छ । तर, ‘माइकल अधिकारी’ त्यस्तो थिएन’ सौगातले थपे ‘यो फिल्म दर्शकलाई मनपर्छ ।’ स्क्रिनप्ले बलियो भएको फिल्म कलाकारलाई पनि अभिनयमा सजिलो हुने धारणा समेत उनको रहेको थियो ।
३ भदौबाट प्रदर्शनमा आउने तयारीमा रहेको ‘माइकल अधिकारी’ मा सौगातको जोडी अभिनेत्री सृष्टि श्रेष्ठ बनेकी छन् । सृष्टि सौगातका रियल जीवनकी पनि जोडी हुन् । नेपालको कानुनले अवैध मानेको सरोगेसी (भाडाको कोख) को विषयवस्तुमा रुपमा उठाएर ‘माइकल अधिकारी’ निर्माण भएको हो ।
उद्धव पौडेल प्रस्तुतकर्ता रहेको फिल्मलाई निरक पौडेलले निर्माण गरेका छन् । फिल्ममा सौगात र सृष्टिसँगै अशान्त शर्मा, ऐनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, सुजना ढकाल, दिलीप बोहरालगायतको मुख्य अभिनय छ । फिल्मको निर्देशन रञ्जित रौनियारले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुधारिएको स्वास्थ्य मन्त्रालय बनाउनुपर्नेछ : मन्त्री पौडेल
-
मह चोरीको घटनामा अदालतले सुनायो चार वर्षको जेल सजाय
-
अमेरिका र चीनबिच कैदी साटासाट
-
ट्रम्पसँग डिनरमा गए जुकरबर्ग, चार वर्षअघि ट्रम्पमाथि लगाएका थिए प्रतिबन्ध
-
सिन्धुलीको बुद्धचित्त माला विवादमा थप एक जना पक्राउ
-
क्रान्तिकारी कम्युनिस्ट पार्टी राष्ट्रिय एकता महाधिवेशनको र्याली (तस्बिरहरु)