मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

अमेरिका एक चीन नीतिविरुद्ध गयो : नेकपा

बिहीबार, १९ साउन २०७९, १७ : ००
बिहीबार, १९ साउन २०७९

नेपालका कम्युनिष्ट पार्टीहरुले एक चीन नीतिमा नेपाल उभिनुपर्ने धारणा राखेका छन् ।  बिहीवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा कम्युनिष्ट पार्टीका वक्ताहरूले नेपाल एक चीन नीतिमा अडिग रहनुपर्ने बताएका हुन् ।

अमेरिकाको संसदकी सभामुख न्यान्सी पेलोसीले बुधवार ताइवानको भ्रमण गरेको विषयलाई नेपालका विभिन्न कम्युनिष्ट पार्टीहरुले अमेरिकाको यो भ्रमण एक चीन नीति विपरित भएको बताएका छन् । पत्रकार सम्मेलनमा बोल्दै नेकपाका अध्यक्ष लोकनारायण सुवेदीले अमेरिकाले चीनविरोधी गतिविधिहरु गरेको यो पहिलो पटक नभएको बताए । उनले अमेरिकी संसदको सभामुखले ताइवानको प्रमुख सहर ताईपेईको भ्रमण गर्नु एक चीन नीतिविरुद्ध भएको भन्दै नेपालले एक चीन नीतिको पक्षमा रहनुपर्ने बताए ।  उनले अमेरिका चीनको बढ्दो शक्ति देखेर आत्तिएको भन्दै विभिन्न राष्ट्रमा घुसेर चीनविरुद्धको गतिविधि गरिरहेको बताए ।  

त्यस्तै नेकपाका अध्यक्ष ऋषि कट्टेलले नेपाललाई अमेरिकी सैन्य अखडा बनाउन नदिने र नेपालबाट चीनविरोधी गतिविधि गर्न नदिने कुरामा नेपाल कम्युनिष्ट पार्टी प्रतिवद्ध रहेको बताए ।   उनले चीनलाई घेर्ने अमेरिकी रणनीतिलाई सफल गर्न नदिने पक्षमा आफू रहेको बताए । अध्यक्ष कट्टेलले नेकपा एक चीन नीतिको पक्षमा आफूलाई दृढताका साथ अघि बढाउने स्पष्ट पारे ।  उनले अहिलेको सरकारका वर्ष दिनका गतिविधिले इण्डो अमेरिकी हितमा समर्पित भएको संकेत गरेको आरोप लगाए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप