
यी हुन् चिनियाँको अपहरण गर्ने दुई प्रहरीसहितका अपहरणकारी, तस्बिरमा हेर्नुहोस्

दुई प्रहरीसहित ६ जना अपहरणकारीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाटन उच्च अदालतका एक न्यायाधीशको पीएसओ रुपमा कार्यरत प्रहरी हवल्दार कर्णबहादुर गुरुङ र प्रहरी वृत्त बालाजुमा कार्यरत जवान शिव सुनार रहेका छन् । यस्तै चिनियाँको अपहरणमा संलग्न अन्यमा लक्ष्मण गुरुङ, रोहित मगर, विशाल मगर र बिनोद केसी रहेका छन् ।
उनीहरुले राजधानीमा आईटीसम्बन्धी व्यवसाय गर्दै आएका चिनियाँ नागरिकलाई बुधबार अपहरण गरेर १ करोड फिरौती मागेको आरोप लागेको छ। फिरौती लिने क्रममा प्रहरीले उनीहरुलाई गएराति पक्राउ गरेको हो । उनीहरुले चिनियाँलाई अपहरण गरेर राजधानीको गोंगबुस्थित एक होटलमा राखेका थिए भने रकम लिन गोंगबुकै बिजी मलमा बोलाएपछि रकम लिने क्रममा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई म्याद थपका लागि आज प्रहरीले अदालतमा उपस्थित गराएको छ ।
अभियुक्तहरूको तस्बिर हेर्नुहोस् :
सुवास श्रेष्ठ
सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ