असोजमा रारा राष्ट्रिय म्युजिक अवार्ड

आगामी असोजमा रारा राष्ट्रिय म्युजिक अवार्ड २०७९ हुने भएको छ । विभिन्न विधामा हुने अवार्डका लागि सहभागीले यही साउन मसान्तसम्म आवेदन दिन सक्ने आयोजक संस्था कर्णाली कलाकार समाज तथा कनका सुन्दरी फिल्मस्ले जनाएको छ ।
काठमाडौंमा आयोजना हुने अवार्डका लागि भदौ दोस्रो साता नोमिनेस सुरु हुने र अवार्डका लागि भाषा, भाषी, लोकदोहोरी, आधुनिक, राष्ट्रिय गीत गरी चार विधामा आवेदन दिन सकिने बताइएको छ । आयोजक संस्था कर्णाली कलाकार समाजका अध्यक्ष कलाकार पदम रोकायाका अनुसार अवार्डमा एसएमएस भोटिङको मत ४० प्रतिशत, निर्णायक मण्डलको मूल्यांकन ५० र आयोजकको १० प्रतिशत गणना हुनेछ ।
काठमाडौंवाहिरका सहभागीले पनि गीतको क्लिप पठाएर सहभागिता जनाउन सक्ने रोकायाले बताए। आवेदन शुल्क भने इसेवा वा मोबाइल बैकिङबाट पठाउन सकिनेछ । कर्णाली कलाकार समाजले स्थानीय कला संस्कृतिको प्रवर्द्धनका लागि वेलावेलामा सांस्कृतिक महोत्सव पनि आयोजना गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ दिए सदन चल्छ, नत्र चल्दैन : प्रचण्ड
-
ओलीबारे प्रचण्डको टिप्पणी– फेरि एक पटक स्वर्ग र नर्क सम्झायो
-
पोर्चुगलमा एनआरएनए एकता महाधिवेशनबारे छलफल: कसले के भने ?
-
अख्तियाद्वारा अनियमितताको आरोपमा बझाङ खप्तडछन्नाका तत्कालिन अध्यक्षविरूद्ध आरोप पत्र दायर
-
स्थगित प्रतिनिधिसभाको बैठक ३ बजे बस्ने
-
सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखविरुद्ध सर्वोच्चमा रिट